पोखरामा भएको प्लेन दुर्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको महाकाली नदीमा दाहसंस्कार


महेन्द्रनगर : यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको अन्तेष्टी गरिएको छ।
भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाहसंस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ।


विमान दुर्घटनामा ज्यान गुमाएका सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती हुन भने स्लक उनका कान्छा छोरा हुन।माघ १ गते काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।



दुर्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।



