बैतडीकाे दशरथचन्दमा माघ ९ देखि महिला टि-२० क्रिकेट

बैतडी: बैतडीकाे दशरथचन्द नगरपालिकामा यहि माघ ९ गतेदेखि नगर स्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।
दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिले उक्त प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे ।

सहिद दिवसकाे अवसरमा आयाेजना गरिएकाे प्रतियोगिताका खेलहरू देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगित सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे ।

नगरका ७ टाेलीकाे सहभागिता रहने प्रतियोगिताकाे प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
प्रतियोगिताका खेलहरू आइसीसिको नियम र एलपिसिको आधारमा खेलाइनेछन्।

प्रतियाेगिताकाे समापनकाे दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ ।

 

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताकाे आयाेजना गरिएकाे दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाईले बताउनुभयाे ।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ ।

Loading...