छाडा पशुचौपाय ब्यावस्थापनका लागि कैलाली-कञ्चनपुरले संयुक्तरुपमा संरक्षण समिती गठन

अत्तरिया: कैलाली तथा कंचनपुर का विभिन्न २२ स्थानिय निकाय प्रमुख हरु बिच सामुदायिक पशु चौपाया संरक्षण समिती गठन । गौ व्यावस्थापन तथा औधोगिकरणमा सबैको एक्यवद्धता जुट्दै गैरहेको छ ।

सो कार्यक्रम पुजनिय हरिसरण महाराजको सभापतित्वमा पुजनिय गुरु १००८ स्वामी देबराज आचार्य ज्यु को प्रमुख अथित्वमा भएको हो । कार्यक्रममा धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाल , भिमदत्तका मेयर, लोक कल्याणकारी ट्रस्टका प्रबक्तामा बिक्रम धामी लोक कल्याणकारी ट्रस्ट कैलाली अध्यक्ष उत्तम खड्का, सोही ट्रस्टमा गोदावरीका अध्यक्ष दुर्गा कुमार पोखरेल, कैलाली महासचिब गोकर्ण सिंह , कैलाली उपाध्यक्ष लक्ष्मी चन्द सिंह लगायत सैयौं सचेत युवा हरुको उपस्थिती रहेको थियो।

गौं संरक्षण लाई स्थायी र ब्यबसायिक बनाउने सम्बन्धमा यसका महत्व र चरणका सम्बन्धमा श्रर्दय गुरु हरिसरण महाराजले प्रस्ट पार्नुभएको थियो ।

Loading...