सानातिना माछा समाईन्छ, ठुला माछा कहिले सम्म फुत्किने ? पात्र फेरिँदैमा देश परिवर्तन हुँदैन : ज्ञानेन्द्र शाही
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पात्र फेरिँदैमा देश परिवर्तन नहुने बताएका छन् ।


प्रवृत्ति फेर्न सके देशको स्वरूप परिवर्तन हुने उल्लेख गर्दै उनले भने, ‘संसद्मा हिजो काले थिए, आज गोरे छन् र भोलि खैरे आउँछन् । पात्र मात्र परिवर्तन हुने तर देशको अवस्था परिवर्तन हुन सक्दैन ।’




‘अख्तियार दुरूपयोग निवारण आयोगलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बनायौं। तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला, ठूला ठूला भ्रष्टाचारका आवाजले सडक तातिन्छ, सदनमा सुनिन्छ तर भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न सुन्न पाइँदैन। हरेक दिन पत्रपत्रिका सामाजिक सञ्जाल अनलाइन मिडियामा हाम्रो र तपाईं हामी सबैको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन् र छापिन्छन्,’ उनले भने।




