राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उप-सभामुखमा निर्वाचित


काठमाडौँ: प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा १६६ जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले ।


प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।



यस्तै तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिए । प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।


सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानालाई सत्ता गठबन्धनको तर्फबाट रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी सांसद नारायणी शर्मा र राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका थिए ।

