अत्तरियामा जारी महोत्सवमा माघ ८ गते गायक कुलेन्द्र बिसि, गणेश चौतारी सँगै देउडा गायक सुरेश चोखाल आउदै
अत्तरिया: कैलालीको अत्तरियामा जारी महोत्सवमा माघ ८ गते कुलेन्द्र बिसि, गणेश चौतारी सँगै देउडा गायक सुरेश चोखालको प्रस्तुती रहने कुरा अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।


पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शक घुइँचो बढ्न थालेको हो । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुति राख्दै आएका छन् ।




त्यस्तै बुधबार माघ ७ गते गायक चक्र बम, रेश बिसी सँगै नृत्यङ्गना लक्ष्मी सुनार को प्रस्तुती रहेको थियो । उहाँको गित र नृत्यद्वारा दर्शकहरुले भरपुर मनोरञ्जन गरी झुमेका थिए ।


त्यस्तै महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन्। महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ ।


