नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को जिल्ला अध्यक्षमा गङ्गाराम भारती
धनगढी ः नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को पाँचौ जिल्ला अधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ । निजामती कर्मचारी संगठन कैलालीको शनिबार भएको जिल्ला अधिवेशनले गङ्गाराम भारतीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा गंगाराम उपाध्याय, खुल्ला उपाध्यक्षमा दमनबहादुर शाही, महिला उपाध्यक्षमा दिलसरा जैशी, सचिवमा विनोदराज सुवेदी, कोषाध्यक्षमा शैलेन्द्रबहादुर सिंह, सह–सचिवमा नरेशबहादुर स्नेही चयन गरेको हो । सदस्यमा, पुस्कर ठगुन्ना, कविराज धामी, जनकराज अवस्थी, धर्मानन्द कवाडी, कलक बहादुर शाहनी, वविता तिवारी, विकास वड, श्यामराज जोशी, रामदिन जोशी, चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) केन्दीय कोषाअध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज बलदेव कपाडीले जानकारी दिए । यस अघि पाँचौ जिल्ला अधिवशेन सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले उद्घाटन गरेका थिए ।



