सुदूर र कर्णालीका नदी नालामा १० बर्ष देखि निरन्तर र्‍याफ्टिङ व्यवशाय गर्दै आएका जैशीको जीवन

शारदा फुलारा/ अत्तरिया : टिकापुरका विष्णु प्रसाद जैशी शिक्षण पेशा छोडेर र्‍याफ्टिङ (जलयात्रा)व्यवशायमा रमाउन थालेको दश वर्ष पुग्यो । र्‍याफ्टिङकै क्रममा हिजोआज उनी कैलालीको अत्तरियामा रहेको लामीतालमा छन् । लामीताल परिसरमा अत्तरिया उधोग वाणीज्य संघद्धारा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आकर्षण बढाउन लामीतालमा डुंगाको व्यवस्था गरीएको हो । जैशीले विषेशगरी चिसापानी क्षेत्रमा आउने पर्यटकलाई र्‍याफ्टिङ गराँउदै आएका छन् ।

May be an image of 2 people, nature and lake

जन्मथलो सुर्खेत भएका उनी सानैदेखी भेरी नदिमा पौडी खेल्दै हुर्किए । पौडी खेल्न पोख्त भएपनी उनलाई म र्‍याफ्टिङलाई नै पेशा बनाउँछु भन्नेचाँहि थिएन् । घर नजीकै भेरी नदि थियो पौडी खेल्न गईरहन्थ्यौँ,तर त्यतिबेला म र्‍याफ्टिङ क्षेत्रमै लाग्छु भन्ने सोच चाँहि थिएन् जैशीले भने । आफ्नो पढाइलाई बिट मारेपछी गाँउमै विद्यालय सञ्चालन गरे । विद्यालयमा उनी आफै शिक्षण पनी गराँउथे । निजी विद्यालयमा विद्यार्थी राम्रो पाएपनी उनी सन्तुष्ट हुन सकेनन् । लगत्तै उनको परिवार कैलालीको टिकापुर बसाइ सर्यो ।

 

नजीकै पर्यटकिय स्थल चिसापानी भएकोले पनी उनका भाइ देवराज जैशीले कर्णाली नदिमा र्‍याफ्टिङ सुरु गर्ने प्रस्ताव राखे । विष्णुलाई पनी भाइको प्रस्ताव राम्रो लाग्यो । टिकापुर बसाँइ सरेपछी उनी र्‍याफ्टिङतिर लागे । सुरुवातका तीन वर्ष टिकापुर पार्कमा र्‍याफ्टिङ गरे । अहिले उनी सेती कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रा ली मार्फत मुख्यगरी चिसापानीमा र माग अनुसार देशैभरी ¥याफ्टिङ गराँउदै आएका छन् । उनी आफै र्‍याफ्टिङ गाइड पनी हुन भने र्‍याफ्टिङ सञ्चालक पनी हुन् ।

May be an image of 1 person, sitting and outdoors
सुरुवातमा करिब साढे नौ लाख खर्चेर एउटा डुंगाबाट चिसापनीमा र्‍याफ्टिङ सुरु गरेका उनी र भाइ देवराजसंग गरी अहिले नौ ओटा डुंगा छन् । गत वर्ष कर्णाली प्रदेशले भेरी नदिमा आयोजना गरेको र्‍याफ्टिङ रेसमा पनी उनको कम्पनी प्रथम भएको थियो । र्‍याफ्टिङमा जकेट र हेल्मेट लगाएमा जोखीम भने खासै नहुने उनको बुझाई छ । पर्यटन प्रर्वद्धनमा सरकारको लगानी भने शुन्य रहेको विष्णु बताँउछन् । हाल उनले र्‍याफ्टिङ गर्दै आएको चिसापानी क्षेत्र पनी निकुञ्जमा पर्ने भन्दै बाधा पार्ने काम भईरहेको उनले गुनासो गरे ।

 

नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयमा दर्ता गरी कर समेत तिर्दै आएको भएपनी चिसापानी क्षेत्र निकुञ्जमा पर्ने भन्दै दाहोरो कर तिर्नु परीरहेको उनले गुनासो गरे । आफु यहि पेशामा दक्ष भएको हुँदा र्‍याफ्टिङ व्यवशायलाई नै निरन्तरता दिने उनले बताए । “डुंगा छदैँछ बाँकि तेल,डिजेल जे भनेपनी हाम्रोलागी यहि पानी हो” तालतिर देखाँउदै उनले भने । कृषी प्रदान देशलाई पर्यटन प्रर्वद्धन देशमा रुपान्तरण गर्ने आफ्नो मुख्य उदेश्य भएको उनले बताए ।

Loading...