पुस्कल शर्माले गाएको ‘मुटु जलाइ जलाइ’ गितमा बेस्सरी चिच्याएर गायकी किसोरी सामाजिक संन्जालमा भाईरल बन्दै (भिडियो सहित)
केही दिन देखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्। ‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्।


कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित गायक पुस्कल शर्माको प्रतुस्तीमा युवा जमात सँगै तन्नेरी दिदीबहिनीहरुको उल्लेख्य उपस्थीतीमा गायक शर्माको गित मुटु जलाइ जलाइमा किसोरीहरुले गितलाई पिडा सँगै रमाउनेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्।


उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ।आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्।
उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्। भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्।



