नेपाली आकासमा २५ बर्षे लामो उडान भरेका बुद्ध एयरका २ बिचक्राफ्ट जहाज बिक्री गरी एटिआर ल्याउदै


बुद्ध एयरले पहिलो व्यवासायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। बुद्धले बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट उडान सुरू गरेको थियो। उडान सुरू गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो। एटीआरबाटै सबै गन्तव्यमा उडान गर्दा सजिलो हुने भएकाले बुद्धले बिचक्राफ्ट बिक्री गरेको बताएको छ। २५ वर्ष नेपालमा उडान गरेर क्यानेडिएन कम्पनीले पुन: व्यवसायी उडान गर्ने गरी खरिद गरेको छ।


पुरानो जहाज भएपनि मर्मतपछि जहाजले काम गर्ने हुँदा उक्त कम्पनीले खरिद गरेको बुद्धले बताएको छ।पुरानो बिचक्राफ्ट बिक्री गरेको बुद्धले धेरै सिट क्षमताका एटिआर–७२ जहाज थपिरहेको छ। विभिन्न गन्तव्यमा अहिले बुद्धका एटिआर जहाजले उडान भरिरहेका छन्।



बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरे। विगत तीन वर्षदेखि भने कम्पनीले यी जहाज बिक्रीका लागि राखेको थियो।


नेपाली आन्तरिक हवाइ उडानको बजारमा सबैभन्दा ठूलो बुद्ध एयरसँग ७२ सिट क्षमताका ११ वटा एटिआर–७२, ३ वटा एटिआर–४२ जहाज छन्। एयरलाइन्सले अझै तीनवटा एटिआर–७२ जहाज खरिद गर्ने योजना बनाएको छ।
सेतोपाटी बाट


