कञ्चनपुरको कृष्णपुर नगरपालीकाको आयोजनामा माघी मिलन कार्यक्रम
दुई महिना भित्र नापीको काम सक्छौ- मेयर ओझा


अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालीकाले माघी मिलन कार्यक्रमको आयोजना गरेको छ । आइतबार गुलरीयामा क्षेत्र नम्बर २ का सांसद एन पी साँउदको प्रमुख आतिथ्यमा माघी मिलन कार्यक्रमको आयोजना गरीएको हो ।


कार्यक्रममा चोधरी तथा रानाथारु समुदायका विभीन्न गीत तथा नृत्यहरु प्रस्तुत गरीएको थियो ।



सरकार परिवर्तन भएसँगै कृष्णपुरमा जग्गा नापिको काम रोकिन्छ कि भन्ने दुविधामा रहेका नगरबासीहरुलाई दुविधामा नपर्न उनले आग्रह गरेका छन । उनले कृष्णपुरमा कुनै पनि हालतमा जग्गा नापिको काम नरोकिने बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले २ महिना भित्र नापिको काम सक्ने बताएका छन । आईतबार नगरले आयोजना गरेको नगरस्तरिय माघि विशेष सांस्कृतिक कार्यक्रम मा पत्रकारहरुसँग बोल्दै नगरप्रमुख ओझाले उक्त कुरा बताएका हुन ।


यहाँ कुनै पनि हालतमा नापिको काम रोकिदैन ।’ उनले नापिको काम सकिएपनि लालपुर्जाका लागी लाग्ने शुल्कका कारण विवाद हुने गरेको बताए । ‘नजिकैका छिमेकी नगरहरुमा पनि नापि पछिको शुल्कका कारण लालपुर्जा वितरण गर्न सकिएको छैन, हाम्रोमा पनि अवस्था त्यहि हुने हो’ उनले भने ‘त्यहि भएर हामीले लालपुर्जा वितरणको काम रोकेर सरकारलाई शुल्क घटाउन अनुरोध गरेका छौ, शुल्क घट्ने वित्तिकै हामीले लालपुर्जा वितरणको काम सुरु गर्छाै ।’



