बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

बैतडी: बैतडीमा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविको प्राङ्गणमा आजबाट भलिबल प्रतियोगिता सुरु भएको हो ।विद्यालयो आयोजना तथा श्री गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा आइतबारबाट मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिए ।

आजबाट सुरु भएको भलिबल प्रतियोगितामा दनपा भित्रकै १० टिमको सहभागिता रहेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक जोशीले बताए । प्रतियोगितामा १० गते फाइनल खेल हुने र १२ गते कालिका माविको वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने उनले बताए । कालिका माविको ७३औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री गगनचन्द डिभाइन फाउण्डेसनको सहयोगमा प्रतियोगिता भइरहेको हो । ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, गाउँका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीको राष्ट्रिय खेल प्रति रुची बढाउन आयोजना गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१ हजार, शिल्ड र प्रमाण पत्र रेहेको छ ।

यस्तै द्धितिय नगद ३१ हजार, शिल्ड र प्रमाण पत्र र तृतिय स्थान हाशिल गर्ने टिमलाई २१ हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । आफ्ना बुवा गगन चन्दको स्मृतीमा गठन गरेको सामाजिक संस्था गगन चन्द डिभाईन फाउण्डेसनका संस्थापक अध्यक्ष दान बहादुर चन्दको सहयोगमा कालिका माध्यमिक विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष भलिवल प्रतियोगिताका हुँदै आएको छ । श्री गगनचन्द डिभाइन फाउण्डेसन सामाजिक संस्था हो । दशरथचन्द नगरपालिका सिमायलमा रहेको यो संस्थाले विभिन्न सामाजिक कामका साथै खेलकुद प्रतियोगिता गर्दै आएको छ ।

 

Loading...