धनगढीका युवा व्यावसायी राजन भट्ट युवा संघ नेपालमा प्रवेश


धनगढी: कैलालीको धनगढीमा लामो समय देखि ब्यावसाय गर्दै आएका युवा व्यवसायी राजन भट्ट राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् ।


राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश कमिटिको दोस्रो पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रममा आइतवार भट्टले युवा संघ नेपालको प्रदेश स्तरीय बैठकका अवसरमा संघमा प्रवेश गरेका हुन् ।



उनलाई आजै संघले प्रदेश सदस्यको जिम्मेवारी पनि दिएको छ। राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेका अन्य भातृ संगठन भन्दा सक्रिय संगठन भएपनि कामकारवाही प्रचारमा ल्याउन नसक्दा समस्या परेको देखिन्छ ।



