अत्तरियामा भएको अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम माविलाई

अत्तरिया: अन्तर मावि स्तरीय भलिबल प्रतियोगिता २०७९ आईतबार सम्पन्न भएको छ । अत्तरिया सञ्चार नेटवर्क प्रा.लि.को आयोजनामा भएको भलिबल प्रतियोगिताको फाईनल खेल आईतबार सम्पन्न भएको हो । कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

 

उक्त सम्पन्न भलिबल प्रतियोगिताको उपाधी सुदूरपश्चिम माविले जितेको छ । उपाधी संगै सुदूरपश्चिम मा विले नगद १० हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको घण्टेश्वर मा बिले नगद रु. ५ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थानका लागि आयोजक र दुर्गालक्ष्मी मावि बिच भएको खेलमा आयोजक बिजेता हुन सफल भएको छ । आयोजकले तेस्रो स्थान हासिल गर्दै नगद रु. ३ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै अत्तरिया सञ्चार नेटवर्क प्रा.ली.का प्रकाश बहादुर बोहराको सभापतित्व संचालन भएको कार्यक्रमको प्रमुख अतिथी अनेरास्ववियुका सुदूरपश्चिम प्रदेशका सदस्य लक्ष्मण साउद रहनु भएको थियो भने बिशिष्ट अतिथीहरुमा सुदूरपश्चिम माबि का बिद्यालय व्यवस्थापन अध्यक्ष गणेश थापा, सुदूरपश्चिम मा बि का प्रधानाध्यापक नगेन्द्र नाथ योगी लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन उद्धार खबर दैनिकका प्रबन्ध निर्देशक नरेश नाथ योगीले गरेका थिए ।

Loading...