भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक

एजेन्सी: भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ।

फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको फ्यानको भूमिकामा देखिएका छन् । फिल्ममा नुसरत भरूचा र मृणाल ठाकुरको पनि मुख्य भुमिका रहेको छ ।

राज मेहताले निर्देशक गरेको फिल्ममा यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण र अपुर्भा मेहताको लगानी रहेको छ। फिल्मको कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन्।

Loading...