बैतडीमा महिला टि-२० क्रिकेट शुरू


बैतडी: सहिद दिवसकाे पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता शुरू भएकाे छ ।


दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिकाे आयाेजनामा प्रतियोगिता शुरू भएकाे हाे ।



देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा शुरू भएकाे प्रतियोगिताकाे एक कार्यक्रमकाबीच उद्घाटन गरिएको प्रतियोगिताका संयाेजक विरसिंह बाेहराले जानकारी दिनुभयाे ।


उद्घाटन समाराेह दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दलगायतकाे उपस्थिति रहेकाे थियाे ।
उद्घाटन समाराेहमा बाेल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताकाे आयाेजना गरिएकाे बताउनुभयाे ।

नगरका ७ टाेलीकाे सहभागिता रहेकाे प्रतियोगिताकाे प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
प्रतियाेगिताकाे समापनकाे दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ ।
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ ।



