बैतडीमा महिला टि-२० क्रिकेट: देहिमाडाैंकाे विजयी शुरूआत

बैतडी:सहिद दिवसकाे पूर्वसन्ध्यामा  बैतडीको  दशरथचन्द नगरपालिकामा आजदेखि  शुरू भएकाे नगरस्तरीय   महिला टि-२०   क्रिकेट प्रतियोगिताकाे उद्घाटन खेलमा दनपा २ देहिमाडाैं विजयी भएकाे छ ।  उद्घाटन खेलमा देहिमाडाैंले दनपा १० बाराकाेटलाई ५१ रनले स्तब्ध पार्याे ।

जितका लागि १३० रनकाे  लक्ष्य पन्छाएकाे बाराकाेट १२.५ ओभरमा ७८ रनमा अलआउट भयाे । उसका लागि नविना धामीले १८,करिश्मा बुडालले १७,प्रियान्सी चन्दले १२ रन जाेडे । देहिमाडाैंका लागि निर्मला बाेहराले ३, आरती बाेहरा, पिन्की बाेहरा र मनिसा बाेहराले २/२ विकेट हात पारे ।
त्यसअघि निङ्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे देहिमाडाैं  १७.३ ओभरमा १२९ रनमा समेटियाे ।  जसमा आरती बाेहराले ४५,बसन्ती बाेहराले १८ रनकाे याेगदान गरे । ७.४ ओेभरमा ५२ रनमा ६  विकेट  गुमाएर धर्मराएकाे पारी आरती र बसन्तीले ५८ रनकाे साझेदारी गर्दै सम्मानजनक स्काेरसम्म पुर्याए। बाराकाेटका रिया धामी र ममता बुडालले ३/३ विकेट हात पारे।
देहिमाडाैंका आरती बाेहरा ओम्यान अफ द म्याच भएकि स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे ।
  दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिकाे आयाेजनामा प्रतियोगिता शुरू भएकाे हाे ।
यसअघि एक कार्यक्रमकाबीच  प्रतियोगिताकाे उद्घाटन गरिएको प्रतियोगिताका संयाेजक विरसिंह बाेहराले जानकारी दिनुभयाे ।
उद्घाटन समाराेह दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दलगायतकाे उपस्थिति रहेकाे थियाे ।
उद्घाटन समाराेहमा बाेल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलाहरुको क्रिकेट खेलतर्फ  रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले  प्रतियोगिताकाे आयाेजना गरिएकाे बताउनुभयाे ।
 नगरका ७ टाेलीकाे सहभागिता रहेकाे प्रतियोगिताकाे प्रथम पुरस्कार  नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय  पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको  दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले  जानकारी दिनुभयाे ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई  १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको  छ ।
प्रतियाेगिताकाे समापनकाे दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ ।
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ ।
Loading...