अब कैलालीको धनगढीमै आरोमा जेड इलेक्ट्रिक स्कुटी, कम्पनीले के कस्ता सुबिधा दिदै छ त ?

धनगढी: आरोमा जेड इलेक्ट्रिक स्कुटी धनगढीमापनि पाइने भएको छ । धनगढी स्थित आरोग्य मोटर्स प्रा.लीले इलेक्ट्रिक स्कुटी बजारमा ल्याएको हो । मोटर्सले धनगढी उप महानगरपालिका ५ तारानगरमा मुख्य सोरुम राखेर बिक्रि वितरण शुरु गरेको छ ।

 

स्कुटी ६ घण्टा चार्ज गरे यो स्कुटी १ सय ६० देखी १ सय ८० किलोमिटर चलाउन सकिने आरोग्य मोटर्स प्रा.लीका प्रबन्धक अर्जुन जैगडीले जानकारी दिए । पेट्रोलियम सवारी साधन जस्तै महगंो इन्धन किन्नुपर्ने बाध्यता र महिना÷महिनामा सर्विस गर्नुपर्ने झन्जट समेत यस स्कुटीले अन्त्य गर्ने बिश्वास लिइएको छ । यस इलेक्ट्रिक स्कुटीले इन्धनमा हुने खर्च जोगिने र ध्वनी प्रदुशणपनि कम हुने बिश्वास लिइएको छ । स्कुटीको मुल्य फाइनान्स गरे २ लाख ७० हजार र नगद खरिद गरे करिब अढाइ लाख सम्म पर्ने जनाइएको छ ।

May be an image of 3 people, people standing, motorcycle and outdoors

धनगढीमा पाइने मुख्य ३ वटा मोडलहरुमा अन्य शहरको तुलनामा ३० हजार सस्तो पाइने मोटर्सका सञ्चालक यज्ञ ढुंगानाले बताए । ग्राहकले खरिद गरेपछि कुनै समस्या नआओस भनेर कम्पनिले इलेक्ट्रिकल इन्जिनियर समेत राखेको कम्पनिले जनाएको छ । साथै यातायात कार्यालयमा लाग्ने ३ बर्षको नविकरण शुल्क कम्पनिलेनै ब्यहोर्ने बिषेश सुबिधा ल्याइएको छ ।

May be an image of 2 people, scooter, motorcycle and outdoors

यस्तै धनगढीका लागी आधिकारिक बिक्रेता आरोज्य मोटर्सलेनै १ सय ९० सि सि को आरोमा जेड मोटरसाइकलपनि बजारमा ल्याएको छ । मोटरसनइकलको मुल्य फाइनान्स सहित ४ लाख ८० हजार छ । ४० देखी ४२ प्रतिलिटर माइलेज दिने मोटरसाइकल जापनिज मोडलको मोटरसाइकल हो । पहाडी क्षेत्रमा तथा लामो रुटमा हिन्नका लागी आरामदायी हुने आरोग्य मोटर्सका सञ्चालक यज्ञ ढुंगानाले बताए ।

Loading...