कबिताः- जलन
उ हाँस्छ
अरु दुखी हुन्छ्न
हेर बिधाताको कमाल
उ धेरै हाँसेर मनोचिकित्सकले दिएको औषधि खान्छ
शत्रुलाइ शान्त्वना दिन।


उ खुसी हुन्छ
अरुले रिस गर्छन
हेर बिधाताको कमाल
उ आफ्नो दु:ख कहिल्यै व्यक्त गर्दैन
मनमा पिरोलिन्छ, पुनः शत्रु खुसी छन ।




उ धार्मिक छ
अरुले पाप गर्छन
हेर बिधाताको कमाल
उसले कर्मको फल कहिल्यै पाएन
शत्रु, पुनः खुसी ।


उ झुठो बोल्छ
उसका शत्रुले झन धेरै झुठो बोल्दछन
हेर बिधाताको कमाल
उसको बोली संस्कारि छ
शत्रु पनि संस्कारि भए।
उ जल्दैन
शत्रुले जलाउन खोजेपनी
हेर बिधाताको कमाल
उसको शत्रुहरु हरेक क्षण जल्दछन
जलनले ।

जलन किन त
किनकी उसले उ स्वयं हुन कहिल्यै खोजेन
कहिले को बन्न खोज्यो,
कहिले को
हेर बिधाताको कमाल
उसको शत्रुले उ बन्न खोजे
त्यसैले एक दिन बिधाता स्वयंले उसलाई कानमा फुकिदिए
” मैले भेदभाब गर्न मिल्दैन केटो
तँ कहिल्यै आफू स्वयं हुन खोजिनस
तेरा शत्रुले तँ जस्तो बन्न खोजेर दु:ख पाएको मैले देख्न सकिन ।”
हेर बिधाताको कमाल
वाह! वाह! वाह!
अर्जुन दाहाल


