सुदूरपहाडमा हिमपात

बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएकाे छ ।
बैतडीको खाेडपे,अनारखाली,ढाेल्यामाेड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएकाे स्थानीय सञ्चारकर्मी शुरेस महराले जानकारी दिनुभयाे ।

गएरातिदेखि माैसममा बदली आएसंगै आज बिहानदेखि हिमपात शुरू भएकाे हाे ।
वर्षा र हिमपातका कारण चिसाे बढेकाे छ । चिसाेका कारण जनजीवन प्रभावित भएकाे छ । चिसाेले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।
चिसाेबाट बच्न न्यानो लुगा लगाउन,झाेलिलाे कुराकाे सेवन गर्न,घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेकाे बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामाे समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफुल सप्रिने आशा पलाएकाे सिगासका किसान दानसिंह बाेहराले बताउनुभयो ।

Loading...