दुई लाख १५ हजारका अबैध भन्सार छलिका सामान सहित कैलालीको धनगढी -८ बाट केही सामान बरामत

धनगढी: धनगढी उप-महानगरपालिका ८ बुद्ध चोकबाट अबैध भन्सार छलिका सामान बरामद गरिएका छन्। सोमबार साँझ ९ बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको गस्ती टोलिले भारतबाट अबैध भन्सार छलि गरी ल्याउँदै गरेका सामान बरामद गरिएका हुन्।

 

सुट कपडा विभिन्न रंगका २२२ मिटर,अस्तर कपडा विभिन्न रंगका ८५ मिटर, मखमल कपडा ३७ मिटर, सेतो तैलिया ६ पिस तथा साडी २ पिस गरी दुई लाख १५ हजारका अबैध भन्सार छलिका सामान बरामद गरिएका छन्।

 

निम्न ति समानहरू प्रहरी टोलीलाई देखेर सामान छोडी मानिस भागी फरार भएको कैलाली प्रहरीले बताएको छ। उक्त सामाग्री बरामद गरी आवश्यमक कारवाहीको लागी कैलाली भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Loading...