राष्ट्रिय बाणिज्य बैक बझाङ शाखाद्धारा ५८ औँ बार्षिक उत्सबको अबसरमा बिरामीलाइ फलफुल बितरण
बाणिज्य बैकमा कार्यरत एक कर्मचारी उत्कृष्ट कर्मचारी घोषणा
बझाङः राष्ट्रिय बाणिज्य बैक बझाङ शाखाले ५८ औँ बार्षिक उत्सब धुमधाम सँग मनाएको छ । आज माघ १० गते राष्ट्रिय बाणिज्य बैकले ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गरेको अबसरमा राष्ट्रिय बाणिज्य बैक बझाङ शाखाले जिल्ला अस्पतालमा रहेका १८ जना बिरामिहरुलाइ फलफुल बितरण गरेको छ । यस्तैे आज बैकलाइ समेत बन्द नगरी गा्रहकहरुलाइ सेवा दिइएको र सेवा ग्राहिहरुलाइ मिठाइ चक्लेट बितरण गरीएको राष्टिय बाणिज्य बैक शाखा प्रमुख शान्त राज जोशीले बताउनुभयो ।


यस्तै बार्षिक उत्सबको अबसरमा बाणिज्य बैकमा कार्यरत एक कर्मचारी उत्कृष्ट कर्मचारी घोषणा हुनुभएको छ । केन्द्रिय कार्यालयले आज राष्ट्रिय बाणिज्य बैक बझाङ शाखामा कार्यरत बरिष्ट सहायक पाँचौ प्रकास बोहरालाइ उत्कृष्ट कर्मचारी घोषणा गरेको हो । उत्कृष्ट कर्मचारी घोषणा हुनुभएको मा बोहरालाइ आज जिल्ला शाखाको तर्फबाट समेत बधाइ तथा सुभकामना व्यक्त गरीएको छ ।




राष्टिय बाणिज्य बैकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।




