जिल्ला अदालत बझाङबाट जरिवना तोकिएपछि फरार भएका दुई जना प्रतिवादीहरुलाई पक्राउ

बझाङः जिल्ला अदालत बझाङबाट जरिवना तोकिएपछि फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । जिल्ला अदालत बझाङबाट जरिवाना तोकिएपछी फरार अवस्थामा रहेका दुइजना प्रतिवादीहरुलाई पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश अवस्थी जानकारी दिनुभयो ।

लागुऔषध चरेश मुद्दामा जिल्ला अदालत बझाङ २०७६ साल असार ११ गते ५ हजार जरिवाना तोकेका सुर्मा गाउँपालिका वडा नं. २ का ३६ वर्षिया गणेश बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा अदालतको फैसलापछी फरार रहँदै आएका थिए । त्यसैगरी जयपृथ्वी नगरपालिका वडा नं ११ का २२ को विनोद धामी पनि पक्राउ परेका छन् ।

 

चोरी मुद्दामा जिल्ला अदालतले मिति २०७४ साल माघ २१ गते १५ हजार ८ सय जरिवान तोकेपछी उनी पनि फरारको सुचिमा रहेका थिए । फरार दुवै जनालाई यही माघ ९ गते जिल्ला सदरमुकाम चैनपुवाट पक्राउ गरिएको र दुबै जनालाई थप कार्वाहीका लागी सोमबार नै जिल्ला अदालतमा पेश गरिएको सुचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

Loading...