सस्तो लोकप्रियता’का लागि दिनहुँजसो फरकफरक ‘स्टन्ट’ देखाउदै पर्यटनमन्त्री


काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदभार ग्रहण गरेको मंगलबार आठ दिन बितेको छ । यो अवधिमा ‘सस्तो लोकप्रियता’का लागि उनले दिनहुँजसो फरकफरक ‘स्टन्ट’ गरेका छन् । पर्यटन मन्त्रालयमातहतका मुख्य समस्या पन्छाउँदै स–साना विषयमा उनले लोकप्रियता खोजिरहेका छन् ।


४३ वर्षको उमेरमै तेस्रोपटक संघीय संसद्मा पुगेका किराती पहिलोपटक मन्त्री भएका हुन् । उनले माघ ३ गते पर्यटनमन्त्रीको पदभार ग्रहण गरेका थिए ।तर, त्यसयता उनको स्टन्टका कारण उनीप्रतिको आशा निराशामा परिणत हुन थालेको मात्रै छैन, सर्वसाधारणबाट चर्को आलोचनासमेत हुन थालेको छ ।



यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।



