रबि र बालेनलाई समर्थन सहितको दिपराज गिरीको पोष्टमा बालेनको कटाच्छ्य, ‘कमसेकम ५ वर्ष त विश्वास गरौं’

काठमाडौँ: अभिनेता दीपकराज गिरी आफ्ना धारणाहरु सामाजिक संजालमा तात्ततातै विषयमा राखि हाल्छन् । राजनीति होस् वा कलाकारिताको विषयमा नै किन नहोस् दीपकले स्पस्ट धारणा राखिरहेका हुन्छन् । पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का विषयमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले स्पस्ट रुपमा आफ्नो धारणा राख्दै बालेन जस्ता युवा नेताहरुलाई विश्वास गर्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

May be an image of 1 person and text that says 'Deepak Raj Giree 10h हामिले काग्रेस एमाले र माओबादी लाइ बर्षो बिश्वास गरयो अब रबि बालेनहरू आएका छन् उनिहरुलाइ कमसेकम ५ बर्ष त बिश्वास गरौ... Victor Paudel and 11K others 11k 999 Most relevant 108 Balen Shah Balen "Haru" Bhaneko Kati Jana Ho?? Balen jastai Aru pani 2,3 jana Chhan? Chhan Bhane kina 5 Barsa Kurnu??'

निर्माता गिरीले फेसबुकमा स्टाटस पोस्ट गर्दै राजनीतिमा आएका नयाँ अनुहारलाई केही समय विश्वास गर्न आग्रह गर्दै भनेका छन् जनताको ठूलो मत पाएर सदनमा पुगेका गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० हरुलाई एक पटक समय दिऔँ ।

 

उनी अगाडी लेख्छन् ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौ विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

Loading...