कैलालीको गेटा आँखा अस्पतालबाट एक वर्षमा एकलाख बढीले लिए सेवा

शारदा फुलारा/अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ मा रहेको गेटा आँखा अस्पतालबाट एक वर्षमा एकलाख बढीले लिए सेवा लिएका छन् । सन् २०२१ को जनवरीदेखी डिसेम्बरसम्म ७३ हजार ८८३ नेपाली र २६ हजार ७२७ जना भारतिय गरी १ लाख ६१० जनाले सेवा लिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । सेवा लिने मध्य १९ हजार ५८१ जनाको अप्रेसन गरीएको उनले बताए ।

अप्रेसन सेवा लिनेमा भारतिय बढी छन् । नेपाल नेत्रज्योति संघद्धारा संचालीत उत्त अस्पतालबाट ११ हजार ५९२ जना भारतियले अप्रेसन सेवा लिँदा ७ हजार ९८९ जना नेपालीले अप्रेसन गरेका छन् । जस्मा सबैभन्दा बढी १३ हजार ९११ जनाको मोतिबिन्दुको अप्रेसन गरीएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए । अप्रेसन गर्नेमा भारतियको संख्या बढी हुने गर्दछ । त्यस्तै आर्थीक वर्ष २०७८÷७९ मा ३८ ओटा निःशुल्क शिवीर सञ्चालन गरी २० हजार २७८ जनाको आँखा जाँच गरीएको छ जस्मा २ हजार ९२३ जनाको निशुल्क शल्यक्रिया गरीएको भट्टले बताए ।

 

सन् १९८१ मा स्थापना भएको अस्पतालसंग अहिले सुदूरपश्चिममा २१ ओटा शाखा रहेका छन् । आर्थीक वर्ष २०७८÷७९ मा मात्रै कैलालीको लम्की,सुख्खड र डोटीको शिखर नगरपालीकामा शाखा बिस्तार गरेको छ । त्यस्तै कञ्चनपुरको दोधाराचाँदनी र अछामको मंगलशैन मा आर्थीक वर्ष २०७८÷७९ मा अस्पतालले शाखा बिस्तार गरेको छ ।

Loading...