बैतडीको सुर्नया ४ का वडा सदस्य साउँदको निधन


बैतडी: बैतडीमा वडा सदस्यको मृत्यु भएको छ। बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो।


लामो समयदेखी क्यान्सरको उपचार गराइरहेका साउँदको मंगलबार साँझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा भएको हो।



उनी गएको बैशाख ३० गते गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।





