वर्षाले बैतडीमा महिला टि-२० क्रिकेट प्रभावित

बैतडी: सहिद दिवसकाे पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएकाे छ ।

मंगलबारदेखि परेकाे वर्षाले मंगलबार र बुधबारका चारवटै खेलहरू हुन नसकेका प्रतियोगिता संयाेजक वीरसिंह बाेहराले जानकारी दिनुभयाे।
राेकिएका खेलहरू वर्षा राेकिएपछि साेहि दिनदेखि शुरू गरिने बाेहराकाे भनाई छ ।

दशरथचन्द नगरपालिकाकाे वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिकाे आयाेजना माघ ९ गतेदेखि शुरू भएकाे उद्घाटन खेलमा दनपा १० बाराकाेटलाई ५१ रनले स्तब्ध पार्दै दनपा २ देहिमाडाैं विजयी भएकाे थियाे । निङलाशैनी खेल मैदान,देहिमाडाैंमा माघ १५ गते फाइनल गर्ने तयारी रहेकाेमा वर्षाका कारण कम्तीमा दुई दिन धकेलिने भएकाे छ ।

नगरका ७ टाेलीकाे सहभागिता रहेकाे प्रतियोगिताकाे प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५/१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।

 

प्रतियाेगिताकाे समापनकाे दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दाेसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएकाे छ ।यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेकाे थियाे।

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएकाे र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताकाे आयाेजना गरिएकाे दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाईले बताउनुभयाे।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेकाे नगर खेलकुद विकास समिति अध्यक्ष चन्दकाे भनाइ छ ।

Loading...