गोदावरी जंगलमा पासोमा परेको चित्तलको उद्धार

कैलालीको गोदावरी –१ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परी घाइते भएको चित्तलको उद्धार गरिएको छ । स्थानीय र वनकर्मीको टोलीले चित्तलको उद्धार गरेको हो ।

पासोमा परेका कारण चित्तलको शरीरमा घाउ छ । घाइते चित्तलको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा औषधि उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पासोमा परेको अवस्थाबाट सोमबार चित्तलको उद्धार गरिएको थियो । कैलालीको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार भइरहेको स्थानीय प्रशासनको भनाइ छ ।

Loading...