नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यको सम्झनामा कैलालीको अत्तरियामा दिप प्रजोलन


अत्तरिया: कैलालीको अत्तरिया चोका युवा ब्यावसायी स्व. प्रेमप्रसाद आचार्य सम्झनामा दिप प्रजोलन गरेको छ । कैलाली चेम्बर अफ कमर्स को आयोजनामा अत्तरियाका उद्योग ब्यावसायी सँगै युवा जमातको समूहद्वारा इलाम घर भएकका प्रेमप्रसाद आचार्यको मृत आत्मको चिर शान्तिको कामना गर्दै अत्तरिया चोकमा दिप प्रजोलन गरेको कुरा युवा ब्यावसायी प्रमोद अधिकारीले जानकारी दिनु भयो ।


आत्मदाह नोट समेत यति तथ्यपरक र विवेकपुर्ण लेख्न सक्ने मान्छेले सानो चोटले यो निर्णय पक्कै लिदैन । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।





