बिभिन्न निणर्य गदै जयपृथ्बी नगरपालिकाको ११ औँ नगर सभा सम्पन्न

बझाङ: जयपृथ्बी नगरपालिकाको ११ औँ नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको आफनै सभा हलमा नगरपालिकाले बिभिन्न महत्वपुणर् निणर्य गर्दै नगर सभा सम्पन्न भएको हो । जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालको सभाअध्यक्षतामा सञ्चालन भएको उक्त सभामा विपद व्यवस्थापन विधेयक २०७९,खेलकुद विकास विधेयक २०७९,लाइ पारित गरीएको छ । यस्तै तलकोट गाउँपालीकाको वडा नम्बर १ सुनिकोटलाई जयपृथ्वी नगरपालिकामा गाभ्ने विषय पनि बहुमतले पारित गरिएको छ ।

तलकोट गाउपालिकाको केन्द्र सम्म जान समस्या पर्ने गरेको भन्दै तलकोट गाउपालिकाको वडा नमबर १ ले जयपृथ्वी नगरपालिकामा समायोजन गरिपाउ भन्दै निवेदन दिएको थियो उक्त बिषयको छलफलका क्रममा नगर प्रमुख वजालले प्रस्ताव अगाढि बढाउनुभएको थियो । छलफलका क्रममा नगरपालिकाको वडा नम्बर २,३,८ र ,९, का वडा अध्यक्षहरुले यो गर्न नहुने भन्दै असहमती जनाएर बाहिरीएका थिए ।
उक्त निणर्यको विरोध गरेका जनप्रतिनिधिले तलकोट १ लाई नगरपालिकामा ल्याउन केही विज्ञहरु सँग छलफल गर्नु पर्ने भन्दै वडालाई नगरपालिकामा गाभ्दा आर्थिक भार पर्न जाने भन्दैे तत्काल निणर्य गर्न नहुने भन्दै असहमति जनाएका थिए । तर अन्य बडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरुले त्यहाको प्राकृतिक स्रोत साधन पनि नगरपालिकाको हुने भएकाले नगरपालिकामा भुगोल,जनसङख्या तथा स्रोत थपिदा विकासमा सजिलो हुने भन्दै सहमती जनाएपछि उक्त प्रस्ताब बहुमत बाट पारीत गरीएको हो ।

त्यस्तै नगर सभामा वडा नम्बर ११ लाई भौगोलिक विकटताका आधारमा एउटै वडा वनाउदा समस्या भएकोले भूगोल हेरेर उक्त वडालाई टुक्राएर दुई ओटा वडा वनाउनु पर्ने विषय पनि सर्व सम्मवतले पारित गरिएको छ ।
सभामा न्यायिक समितिका प्रतिवेदन,प्रगति प्रतिवेदन,नीतिगत निणर्य,रकमान्तर ,कर्मचारीको हकहित तथा सेवा सम्बन्धि विषयमा छलफल गरिएको थियो । सभामा महालेखा परिक्षकको प्रतिबेदन नगरपालिकाका आन्तरीक लेखा परीक्षक लाल बहादुर खातीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख रतन वहादुर सिह,नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु , नगरसभा सदस्य, दातृ निकायका प्रमुख एवम प्रतिनिधि लगाएतको उपश्थिति रहेको थियो ।

Loading...