नेपाल शिक्षक संघ धनगढी नगर अध्यक्षमा मोहन भण्डारी

नेपाल शिक्षक संघ धनगढी उपमहानगरपालिकाको नगर अध्यक्षमा मोहन बहादुर भण्डारी निर्बिरोध निर्वाचित भएका छन् ।

शिक्षक संघको दोश्रो अधिबेशनबाट भण्डारी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । कार्य समितिको उपाध्यक्षमा उमा सुवेदी,हरिष चन्द,सचिवमा गणेशराज जोशी,अर्थसचिवमा अनिल थापा,सहसचिवमा पदम खड्का,अनिता चौधरी,पूर्ण थापा,खेमा बिक र रामशया राना निर्बिरोध निर्वाचित भएका हुन भने १९ जना सदस्य चयन भएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल शिक्षक संघ दोश्रो नगर अधिवेशनका निर्वाचन अायुक्त जय प्रकाश मिश्र ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका सुदूरपश्चिम उपमहासचिव प्रेम बहादुर शाही,शिक्षक संघ कैलालीका पूर्व जिल्ला अध्यक्ष भूपाल सिह खड्का,शिक्षक संघ धनगढी नगरका निवर्तमान अध्यक्ष नबराज अोझा, शिक्षक नेताहरु पदमराज जोशी,तिर्थराज पाण्डेय,लगायतका शिक्षकहरुले शुभकामना मन्तब्य राखेका थिए ।

Loading...