सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

जन्मायो हुर्कायो यी लाला बाला आँमाले,
व्यक्तिगत स्वार्थमा लगाएर ताल आँमाले।
मरेर गयो भौतिक सरिरनै खरानी बगरमा,
जांदाजांदैपनि लगाइदिइन माला आमाले।
के पाइन जिविनभरी दुःखको बद्ला उनी,
केपाइन भनौँ तिम्रो गरेर गोठाला आँमाले।
गर्छ समयले हिसाब न गरौं तना तनी हामी,
सफा गर्नेछिन यहीं भ्रमका जाला आँमाले।
छाडौं रूढीवादी कतैछैन स्वर्ग नर्क छ यहीँ,
जलाई गइन एउटा सशक्त ज्वाला आँमाले।
॥१॥
कैसको आत्मदाह पनि तमास भयो देशमा,
केही गर्छु भन्ने बिचार गल्फास भयो देशमा।
लगाउँछन् पसिना पोख्नेहरू जिउमा आगो,
भ्रष्टचारी व्यवहार नै किन रास भयो देशमा।
कुरितीको पहाड र असमानताकै खाडल छ,
मानवताको खडेरीनै सधै खास भयो देशमा।
जस्लाई मतदान गरेपनि माछो माछो भ्यगुतो,
न राष्ट्रकै शुरक्षा भयो न बिकास भयो देशमा।
कुरिती छ बिकासकै बाधक बिद्रोह को कर्छ?
देशभक्तको सपना त सत्यानाश भयो देशमा।
छंदैछैन शुरक्षा बिदेशीको चलखेल उस्तै भयो,
सडक र सदनमानै सधै बकवास भयो देशमा।
बौलाए नेता र त पस्यो साम्राज्यवाद देश भित्र,
हेरौँ त स्वाभिमानको जिउँदै लाश भयो देशमा।
॥२॥
चित्त नबुझे आफ्नैलेपनि बाङ्गो नजर लगाउँछन्,
आफ्नै अनुकुल गरौँ भन्छन् सधै कर लगाउँछन्।
आज राम्रो न राम्रो केही छुट्याउँन नसक्नेहरूले,
जताततै समाजभित्र कुरितीको अडर लगाउँछन्।
सबैका आ आफ्नै छन् टुना मुना र भ्रमको खेला,
एक आर्कालाई लुट्न ताकत सकभर लगाउँछन्।
अन्याय अत्याचार र थिंचो मिचो नाउ परमपराको,
भ्रमको जाल बुन्छन् स्वर्ग नर्कको ठहर लगाउँछन्।
थुप्रैले त्याग गरे आत्मा र मानेन प्रमात्मा कसैलाई,
आज उनैको बिचारमा पनि अगर मगर लगाउँछन्।
॥३॥
आखिर यो समाज परिवरतन कसरी हुन्छ,
मान्दैन कु-संस्कार फाल्ने मन कसरी हुन्छ।
कहिले सम्म यो कुरितीको दाश बनेर बस्ने,
समाजिक रूढिवादको निधन कसरी हुन्छ।
छुवाछुत उस्तैछ हाम्रो समाजमा आजपनी,
पुराना कथा आगोमा दन-दन कसरी हुन्छ।
भन्छौँ हामिले यो देश जोगाउँ सदियो लाई,
आफ्नो सिरमा नबांधेर कफन कसरी हुन्छ।
धर्मकै नाउमा खोज्छन राजनीति गर्न याहाँ,
सोंचौँ त स्वतन्त्र हाम्रो रनबन कसरी हुन्छ।
सुरेशकुमार पान्डे

 

Loading...