बैतडीमा मानव कंकाल भेटियाे

बैतडी:बैतडीकाे सदरमुकाम नजिक मानव कंकाल भेट्टिएकाे छ। दशरथचन्द नगरपालिका ५ काे सहिद पार्क नजिक मानव कंकाल भेट्टिएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे।

सहिद पार्क नजिक भिरालाे जमिनमा भेट्टिएकाे उक्त कंकाल स्याल खाईसकेकाे अवस्थामा हड्डी मात्रै बाँकी रहेकाे प्रहरीले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पुरूषकाे लुगा रहेकाले कंकाल पुरूषकाे हुनसक्ने खत्रीकाे भनाई छ । उक्त कंकाललाई जिल्ला अस्पतालमा राखिएकाे छ । यसबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

Loading...