कैलालीको गोदावरी नगरपालिकाको नबौ नगर सभा

नगरसभामा ४ वटा नयाँ ऐन पेश

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको नबौ नगर सभा शुरु भएको छ । नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा अधिवेशन सुरु भएको हो ।

May be an image of 6 people, people standing and indoorअत्तरिया स्थित सुविधा होटेलमा सञ्चालन भईरहेको नगर सभामा अतिथी उपप्रमुख शारदा रोकाया र प्रमुख प्रसासकीय अधिकृत बसन्त खत्री रहेका छन् ।

May be an image of 6 people, people standing and indoor

त्यस्तै नगरका १२ओटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रिकाको उपस्थिति रहेको छ ।कार्यक्रमको सञ्चालन नगरप्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्टले गरिरहेका छन् ।

May be an image of 3 people and people standing

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले ४ वटा नयाँ र २ वटा पुराना ऐनमा संसोधनका लागि नगरसभामा कार्यसुची पेश गरेका छन् ।

सभामा बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९, तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन २०७९, फोहरमैला व्यवस्थापन ऐन २०७९ र गोदावरी नगरपालिकाको औद्योगिक व्यवसाय ऐन २०७९ पेश गरिएका छन् । उक्त ऐनहरु नगरपालिका कार्यपालिका बैठकबाट पारित गरी नगरसभामा पेश गरिएका हुन् ।

ऐन माथि आजैदेखि छलफल सुरु भएको छ । ऐनमाथिको छलफल लम्बिएमा माघ २० गते सम्म समय थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।

 

May be an image of 5 people, people standing, food and indoor

त्यस्तै नगरसभामा गोदावरी नगरपालिकाको नगर शिक्षा ऐन २०५७ मा दोस्रो संसोधन २०७९ र आर्थिक ऐन २०७९ मा व्यवसाय कर थप गर्नुपर्ने विषय पनि पेश गरिएको छ ।

यसअघि नगरसभाको उद्घाटन सत्रमा बोल्ने केही बक्ताहरुले नगरसभाको ऐनमा छलफल गर्न प्रयाप्त समय दिनुपर्ने माग गरेका थिए । अहिले ऐन माथिको छलफलका लागि बन्द्र सत्र जारी रहेको छ । नगरसभा अत्तरियाको सुविधा होटलमा संचालन भइरहेको छ ।

Loading...