कैलालीको धनगढीमा दुई दिने निःशुल्क दन्त उपचार तथा परामर्श स्वस्थ्य शिविर सम्पन्न


धनगढी: कैलालीको धनगढीमा दुई दिने निःशुल्क दन्त उपचार तथा परामर्श स्वस्थ्य शिविर भएको छ । युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पस तथा ऐश्वर्य विद्या निकेतनको संयुक्त आयोजना र कान्तिपुर डेण्टल होमको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।


ऐश्वर्य विद्या निकेतनको प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक गरि ५ सय जनाले सेवा लिएको युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसका कोषाध्यक्ष सत्यराज जोशीले बताए ।



युथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसकी अध्यक्ष दिपा चैसिरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए ।




