आफैले सहकारीमा जम्मा गरेको रकम नपाएको समाचारपछि चेक बोकेर बचतकर्ता शिव शिखर सहकारीमा धाउदैँ


अत्तरिया : देशका विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएको समाचारपछी कैलाली र कञ्चनपुरमा रहेका शाखामा जम्मा गरेको रकम झिक्न बचतकर्ताहरूको भिड लाग्ने गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालयमा हरेक दिन बचतकर्ताको भिड लाग्ने गरेको हो ।


बचतकर्ताहरुले जम्मा गरेको पैसा निकाल्न हातमा चेक बोकेर सहकारीको कार्यालय पुग्ने गरेका छन् । सहकारीको विश्वास नभएको भन्दै महेन्द्रनगर, धनगढी,अत्तरिया शाखामा जम्मा गरेको रकम झिक्न बचतकर्ताहरुको भिड लाग्ने गरेको छ । सहकारीले रकम नभएको भन्दै फिर्ता पठाउने गरेको छ ।



मंगलबार महेन्द्रनगरमा रहेको शिव शिखर शाखामा बचतकर्ताले आफुले जम्मा गरेको पैसा निकाल्न खोज्दा नदिएपछि तनाव सिर्जना भएको थियो । बुटवलमा रहेको शिव शिखर सहकारीको शाखाले महिनौ देखि बचतकर्ताहरूले जम्मा गरेको रकम नपाएको समाचार संचारमाध्यममा प्रकाशित भएको थियो ।




