चितवन -२ मा रबी लामीछानेलाई जिताउन लागि परेका धर्मेन्द्र सापकोटाले पार्टी परित्याग पछि


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले पार्टी परित्याग गरेको बताइएको छ । पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा रहेका सापकोटाले पार्टी परित्याग गरेसँगै रविलाई अर्को संकट आइपरेको छ । रवि चितवन २ बाट जिताउन मुख्य भूमिका खेलेका सापकोटाले नै पार्टी छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको गुट अन्तर गुटको कलह सतहमा आएका बेला यसको प्रत्यक्ष असर उप निर्वाचनमा पर्ने कतिपयले विश्लेषण गरेका छन् ।


यसैबिच प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको सांसद पद खारेज भएको जानकारी गराएका हुन् ।



प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वोच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता र सभापतिबाट पदमुक्त भएका थिए ।


प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको उत्प्रेषणको लामिछानेको उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

