उपकुलपति डा.जोशीको प्रमुख आतिथ्यमा रिज एकेडेमीको १३ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


कृष्णपुर नगरपालिका वडा नं ६ मा रहको रिज एकेडेमी विद्यालयको १३ औं वार्षिकोत्सव आज भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी प्रमुख अतिथि थिए।


सो अवसरमा बोल्दै प्रमुख अतिथि डा.जोशीले विद्यालयहरूले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए। नैतिकवान, कर्तव्यनिष्ठ र कर्मयोगी बनाउने खालको शिक्षा आजको आवश्यकता रहेको उनले बताए। उपकुलपति जोशीले समारोहमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरे।



समारोहमा विद्यालयका प्राचार्य टेकराज भट्टले विद्यालयको वार्षिक प्रतिवेदन तथा गतिबिधि प्रस्तुत गरेका थिए। विद्यालयका अध्यक्ष शेरबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न समारोहमा वडाध्यक्ष बाबुराम चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए।२०६६ सालमा स्थापना भएको सो विद्यालयमा झण्डै सात सय विद्यार्थी अध्ययनरत छन्।



