अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना विद्यालयले व्यावस्थापन सुधारका लागि सुझाब संकलन


अत्तरिया: कैलालीको अत्तरिया मा रहेको दुर्गालक्ष्मी नमुना बिधालय ले स्थानीय संग सुझाब संकलन गरेको छ । बिधालय ब्यबस्थापन समितिले स्थानीय अगुवाहरु संग शनिबार सुझाव संकलन गरेको हो ।


बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शाह को अगुवाई मा बिधालयलाई अबका दिनमा कसरी ब्यबस्थापकिय सुधार गर्न सकिन्छ भनेर सुझाव संकलन गरिएको हो ।



सो अबसरमा बिधालय सुधार अभियान अन्तर्गत खेल मैदान, बाटो को बिषय , सपिङ कम्प्लेक्स निर्माण ,बिधालय को शैक्षिक सुधारको बिषय मा स्थानीय ले सुझाव दिएका थिए । यस्तै बिधालय ले २०८० मा मनाउने स्वर्ण जयन्ती को बिषयमा पनि छ्लफल गरिएको थियो ।




