पाकिस्तानी स्टार क्रिकेटर रिजवान यसकारण नेपालमा सुटुक्क आए !

काठमाडौँ: पाकिस्तान क्रिकेट टोलीका विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाल आएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भेट्न रिजवान नेपाल आएका हुन्। नेपाल क्रिकेट संघ ९क्यान०का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए। उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए।

 

‘रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको कुरा साचो हो। उनी नेपालमा सन्दीपलाई भेट्न मात्र हाएको भन्ने कुरा औपचारिक रूपमा पूर्ण छैन्,’ पाठकले भने। सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ। उनी अहिले नेपाली टिमसँग जोडिएका छन्।

 

क्यानले एकैपटक क्रिकेट टिमबाट निकाल्यो यी १० खेलाडी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो।

 

टिममा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ। यसअघि बिहीबार साँझ मात्र सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको थियो। ‘सन्दीपलाई आजदेखि होटलमा राखिएको छ,’ राष्ट्रिय क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्री चौधरीले भने, ‘भोलि फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्नुहुन्छ। उनी खेल्नयोग्छ छन् भने हामी खेलाउँछौं।’

 

दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन्। दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।

 

शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। जुन खेल फेब्रुअरी १४ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग तेस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा चौथो म्याच खेल्नेछ। लिग-२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग-२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो।

यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन। ९ सिरिजमा ४-४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ।

 

लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीन भित्र परे एकदिवसीय विश्वकप छनोटमा पुगिनेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ। लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।

Loading...