एकता सौहार्दा दलित समाज नेपाल भारतको दोस्रो वार्षिकोत्सव विभिद कार्यक्रमका साथ सम्पन्न 

भारत: सर्वहारा गरिब र बर्षौ देखि जातीय विभेद खेप्दै आइरहेका दलितहरूको हकहितका लागि काम गर्ने हेतुले स्थापित संस्था “एकता सौहार्दा दलित समाज नेपाल भारत” को दोस्रो वार्षिकोत्सव भारतको बेङ्ग्लोरमा विभिद कार्यक्रमका साथ  सम्पन्न भएको छ।
आइतबार बेङ्ग्लोरको अभिगिरिमा एक बृहत् सांस्कृतिक कार्यक्रम सहित संस्थाको वार्षिकोत्सव सम्पन्न गरिएको हो।

संस्थाको स्थापना कालदेखि नै संस्थाले दलित समुदाय र सर्वहारा गरिबको पक्षमा काम गर्दै आइरहेको र अझ थप नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने संस्थाका अध्यक्ष जीवन परियारले बताए।

तेस्तै प्रेम नेपालीको प्रमुख अतिथ्यता र जीवन परियारको सभाधक्ष्यतामा उद्वघाटन गरिएको कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रकाश नेपालीले दलित समुदायको हक हित र अधिकार प्राप्तिका लागि  योगदान गरेका अघिल्लो पुस्ताको जिम्मेवारी आफ्नो पुस्ताको काँधमा आएको र दलित समुदायका प्रतिनिधिहरूले दलित उत्थानका लागि काम गर्नु पर्ने कुरामा अनुरोधका साथ जोड दिनु भयो।
उनले नेपाल भन्दा टाढा भए पनि दलित समुदायको अधिकार र सवालका विषयमा सङ्गठित भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।

भारतमा रहेका नेपालीहरु र संस्थामा आवद्व ब्यक्तिहरुको सहभागीता र उपस्थितिमा सम्मपन्न गरिएको उक्त कार्यक्रममा पत्रकार तथा लोक देउडा गायक प्रेम नेपाली, देउडा गायक प्रेमलाल नेपाली, जय नेपाली, देउडा गायक  भुवन नेपाली, केशव नेपाली, दीपक नेपाली, राकेश नेपाली, सुनिल नेपाली लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो।

बि.सं.२०७७ माघ १८ गते स्थापना गरिएको एकता सौहार्दा दलित समाज नेपाल भारत नामक संस्थाले निरन्तर रुपमा दलित र सर्वहारा गरिबहरु को पक्षमा काम गर्दै आइरहेको छ।

 

Loading...