सिगास ५ का तारा धामी भारतको बेङ्गलोरमा बेपत्ता

अत्तरिया:


बैतडीको सिगास गाउँपालिकाका एक जना पुरुष भारतको बेङ्गलोरमा बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नं. ५ खल्लीगडान घर भएका ३५ वर्षीय तारा धामी बेङ्गलोरमा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

बेपत्ता भएका तारा धामी

केही महिना देखि भारतको बेङ्गलोर, जेपीनगर ४ कर्स अनथप्पा लेयौट नजिक पीजेमा काम गर्दै आएका धामी हिजो शुक्रबार बिहान ११ बजे देखि बेपत्ता भएका बुझिएको छ ।

शनिबार सम्म पनि सम्पर्कमा नआएकोले कहिकतै देखेको खण्डमा नजिकैको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ८५९१४९९२८६ (8591499286) मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

बेपत्ता भएका तारा धामी बेङ्गलोरमा २ छोरा र श्रीमती सँगै बस्दै आएका थिए । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्: 

Loading...