नेकपा माओवादी गोदावरी नगर कमिटीको अध्यक्षमा कठायत


अत्तरिया: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को गोदावरी नगर कमिटी अध्यक्षमा मदन कठायत चयन भएका छन । बिहिबार बसेको नगरको बिस्तारित बैठकले अध्यक्षमा कठायतलाई चयन गरेको हो ।


नगर कमिटीको उपाध्यक्षमा तुलसी जोशी, लोक बहादुर बिष्ट, राजेन्द्र बिक चयन भएका छन । कमिटीको सचिवमा लक्ष्मण भट्ट, सह–सचिवमा ईश्वर बडुवाल र कोषाध्यक्षमा राधिका चौधरी चयन भएका छन ।



बैठकले नगर प्रवक्तामा महेश बिष्टलाई चयन गरेको छ । बैठकबाट २ महिने संगठन बिस्तार एवम् सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरिएको माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् गोदावरी नगरका निवर्तमान अध्यक्ष धर्म सिह कुँवरले जानकारी दिएका छन ।



