सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

दिनौँ व्यस्यालयमा नारीको अत्याचार हुन्छ,
मन र मष्तिक समेतकै सधै बलात्कार हुन्छ।
मर्छन परदेशमा युवा र फर्किन्छन बाकसमा,
पुँजीवादमा मुर्दा को लाशमा कारोबार हुन्छ।
स्वर्ग नर्क देख्छौँ मरेपछि मात्र भन्छ कथाले,
यो समाजमा दन्तेकथाकै पनि व्यापार हुन्छ।
देखाउँछु तिमिलाई यही समाजमा स्वर्ग नर्क,
कतै सत्कार छ कतै आमा बापनि भार हुन्छ।
वर्षमा एकदिन मनाउछ महिला दिवस भन्दै,
तर वर्ष भरी उनैमा अत्याचार लगातार हुन्छ।
त्यो राजा भएको देख्छौं जसले मान्छे मार्यो,
वास्तवमा त्यही समाजको ठुलो गद्धार हुन्छ।

॥१॥

 

समस्य त सँगसगै छ भागेर के भयो,
अंघि छ पेट सिमाना नाघेर के भयो।
मानौ नमानौ असलमा पेटको कथा,
निर्दोश छु भन्दै सधै ढांटेर के भयो।
गयो ऊ बा आमाँको उपचार गराउन,
फर्किएन छोरा हृदय थामेर के भयो।
प्रेमिकालाई आउँछ रूपियाँ खाममा,
ति बा आमाले सपना देखेर के भयो।
मर्दा दिन अवस्य आएर काज गर्नेछ,
कसैले स्वर्ग जानलाई छेकेर के भयो।
जिवित छँदा नर्कमा बिताए जिन्दगी,
मरेपछिको धुँवाले स्वर्ग हेरेर के भयो।
॥२॥
याहाँ आफ्नै जिन्दगिको समेत भर हुदैन,
बिना जोखिम यो जिवनको सफर हुदैन।
मिठो बोलौँ काम आउँनेछन् कुनैवेलामा,
पानी नहिंडेको कतै खोला र बगर हुदैन।
पलाउँछन थुप्रै ञैंजरूहरूपनि समाजमा,
समाज भित्र अमृतकै मात्रै त कदर हुदैन।
आ आफ्नो ठाउँमा हुन्छ अस्तित्व सबैको,
कुनवेला शक्तिमा कुन आउँछ खबर हुदैन्।
दिनौ युवाहरू उड्छन् र गुड्छन बिदेशमा,
कसैलाई आफ्नो देश छाड्ने त रहर हुदैन।
॥३॥
कहाँछैन भनौँ त भ्रष्टचारी देशभित्र,
समाज व्यबस्थानै बिमारी देशभित्र।
उसैलाई फूलका माला अबिर भयो,
जेलमुक्त हुन्छ बलात्कारी देशभित्र।
देशप्रेमिलाई झुण्डाउँछ हान्छ गोली,
युवाहरू खाडी पुगे बिहारी देशभित्र।
नेताहरू घुम्छन उड्छन् दुनिया भरी,
जहाँ बोक्छन् युवाले भारी देशभित्र।
नारकिय नै भयो गरिबको जिन्दगानी,
हेर त हाम्रो चेली सिमा पारी देशभित्र।
खुबै भाषन छांट्छन् नेताहरूले याहाँ,
हाम्रो श्री समपत्ती नै नितारी देशभित्र।
॥४॥
याद आउँछ जो बित्यो जिन्दगानी घरिघरी,
आँखामै छ सम्झना को राजधानी घरिघरी।
पुग्दापनि शुन्य बाट शुन्य सम्मको सफरमा,
सताईरहन्छ त्यही बिचको कहानी घरिघरी।
जिवन रहेछ आफ्नै जन्मदाताको अफ्सान,
बगाउन लाई यिनै आँखाबाट पानी घरिघरी।
चोट आफ्नै सरिरमा लाग्थ्यो सहन सकिन्छ,
मुटमा बाण लागेको छ छानि छानी घरिघरी।
जसले जन्मायो र हुर्कायो समाजमा दौडायो,
उसैलाई पोल्नु पर्ने रैछ जानि जानी घरिघरी।
यही समाजले पनि नुन चुक लगाउन खोज्छ,
आलो घाउमाथी आफै बनेर नादानी घरिघरी।
सुरेशकुमार पान्डे।

 

Loading...