सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

शंघर्ष बिनाको समानता खै कसोगरी हुन्थ्यो,
हुनेभए जन्मसिद्ध अधिकार खरखरी हुन्थ्यो।
सदियौं किन लड्थे अबला नारी प्रराण त्यागी,
उनैको पनि समाजमा छोरा झैं मनपरी हुन्थ्यो।
कागतमा जेसुकै लेखिएता पनी व्यबहार उस्तै,
पुरूषप्रधान समाजमा कहां पुरूष सरी हुन्थ्यो।
धेरै महत्व छ आठ मार्चको मानव संसार लाई,
यसकै पद चिन्हमा हिंड्दा सबै बराबरी हुन्थ्यो।
आज आधा आकास अपहेलित असमान हुँदा,
सम्पतीमा अधिकारले उपकार सधैभरी हुन्थ्यो।
एउटा रथका दुइटा पाङ्ग्रा हौं महिला र पुरूष,
छोरा छोरी बराबरी भए त प्रेम को झरी हुन्थ्यो।
क्लारा जेट्किन पारिजात झैँ देशमा भएकैभए,
महिँला अधिकार आन्दोलन सधै नडरी हुन्थ्यो।
हुँदैनथ्यो महिँला माथि अन्याय अत्याचार कत्ती,
इनी मानव रूपी राक्षशहरू सधै धरधरी हुन्थ्यो।
॥१॥

 

हाम्रै सन्तान हताहत भएका समाचार हुन्छन्,
जता पनि वीर नेपाली किन तिरस्कार हुन्छन्।
दिनौं आउछन् रातो बाकस मा फर्किएर युवा,
कतै नभएको हाम्रो देशभित्र युवा भार हुन्छन्।
ए सरकारमा बसेका सुन आवाज नागरिकको,
किन जनताहरूसँग पसुतुल्य व्यबहार हुन्छन्।
हामी जता पुगे पनि दास र रैती बनेर बाँचछौँ,
यहाँ हाम्रै देशमा समेत बिदेशी हकदार हुन्छन्।
सरकार तिमीले महिँला दिवस मनाएको वेला,
छिमेकी व्यस्याल भित्र चेलीको व्यापार हुन्छन्।
अनि भन्छौ समाजवादनै आयो नसाको तालमा,
आफ्नै जिउँदा मुर्दा सन्तानको कारोबार हुन्छन्।
॥२॥

 

झन पछि झन रिणमा डुब्दा अन्तिम भार कस्तो होला,
यो देशलाई बलियो बनाउने राम्रो आधार कस्तो होला।
जसलाई पठाउँछौ शुरक्षाका लागी त्यही दलाल हुन्छ,
आखिर देशलाई अखण्ड राख्ने सरकार कस्तो होला।
मुखले बिरोधगर्छन् संघियताको व्यबहारमा सिट रोजे,
हेर्न चाहन्थे जनताले पनि इन्को व्यबहार कस्तो होला।
भन्छन् क्रान्तिगर्छौँ उठाउँछन् राता-राता झण्डा सबैले,
यिनैको हातमा आए क्रान्तिकारी औजार कस्तो होला।
आपसमा पानी बाराबार गर्छन् बर्गिय लडाई लड्नेहरू,
क्रान्तिकारी कार्यभार बुझ्ने असली औतार कस्तो होला।
आपसमै बोलि बाराबारहुन्छ भन्छन कामरेड आफैलाई,
देख्न बांकीनै छ इनको समाजवादी संसार कस्तो होला।
॥३॥

 

 

जहाँ राम्रो कामको कत्ती कदर हुँदैन,
त्यो व्यबस्था को पनि कुनै भर हुँदैन।
जनता मर्छन् देश विदेश अकाल मा,
सरकार लाई त्यही पनि खबर हुँदैन।
केकाम त्यो सरकारको नागरिकलाई,
जब की शुरक्षित यो गाउँ सहर हुँदैन।
थोंत्रा वहान र उपटखपट बाटो हाम्रो,
यात्रुलाई शुरक्षित देशमा सफर हुँदैन।
निर्लज भए ठुला ठुला पार्टीका नेता,
जस्को मन भित्र बिकासको चर हुँदन।
ए देश बिदेशका श्रमजिवी जनताहरू,
अब इनिहरूलाई भोट दिन कर हुँदैन।
सुरेशकुमार पान्डे।

 

 

Loading...