बचपनको याद : संस्मरण

मान सिंह धामी जीवनका विभिन्न उकाली ओराली र घुम्तिहरु पारगर्दै  यी माेडहरुमा जीवनलाई कतै ब्रेक त कतै मन्द गतिमा हाँक्दै जाने क्रममा आज फेरि एकचाेटी पछाडी फर्केर हेर्न मन लागिरहेकाे छ । कलिलाे फुच्चे उमेरमा कक्षा-१ मा पढ्दा काठकाे पाटीमा खरिले गुरुहरुले लेखि दिनु हुन्थ्याे र हामी निगालाकाे कलम द्वारा कमेराे (घर पाेत्न प्रयाेग गरिने सेताे माटाे) ले अक्षरहरु छाप्ने गर्थ्याैं। पाटीमा कमेराेले छापिएका अक्षरहरु अल्माेराे नामक हरियाे घाँस, जाैंकाे पात अादिले मेटाईन्थ्याे। पाटीलाई टलक्क टल्काउथ्याैं। कक्षा-२ देखि ५ कक्षा सम्म निगालाकाे कलम वा हाेल्डर पेनले कापीमा लेख्ने गरिन्थ्याे। मैले पनि कक्षा तीन सम्म निगालाकाे कलम र गाेटा स्याही (मसी) ले लेखेकाे स्मरण छ। त्यति बेला अहिलेकाे जस्ताे उज्यालाेकाे ब्यवस्था थिएन। राती किताब पढनकाे लागि मट्टीतेल बाट बल्ने लैम्प प्रयाेग गरिन्थ्याे। मट्टीतेल पनि सहजै उपलब्ध हुदैनथ्याे। पैंसाकाे पनि निकै अभाव हुने गर्थ्याे। मट्टीतेलकाे जाेहाे गर्न नसकिएमा घिउमा दियाे बालेर पढ्ने गरिन्थ्याे। कतिपय समय त झाेराे (दियालाे) बालेर पनि पढिन्थ्याे। झाेराे बालेर पढ्नु पर्दा मेराे स्व. ईजा ( आमा) ले रातकाे १२:०० बजे सम्म पनि झाेराे सल्काई उज्यालाे बनाई पढनमा सघाउनु हुन्थ्याे। मैले राती अबेर सम्म पढि रहदा उज्यालाे ननिभेकाे देखेर खुस्स बुवा मलाई हेर्न आउनु हुन्थ्याे। तर म पढि रहेकाे हुन्थे। धेरै रात भैसक्याे, सुत भनेर मायाले हकार्नु हुन्थ्याे। मायाले हकारेकाे म बुझ्ने भैसकेकाे थिए। मेरी ईजा (आमा) महान हुनु हुन्थ्याे। बुवाले हिउँदका लामा रातहरुमा रामायण पढ्नु हुन्थ्याे र ईजाले अर्थ्याउनु हुन्थ्याे। ईजालाई रामायणकाे राम्राे ज्ञान थियाे। रामायणका धेरै कुराहरु मैले ईजाबाट सिकेका कुराहरु अबिस्मरणिय छन्।

कहिले काँहि त भाेली पल्टकाे स्कूलकाे प्रतियाेगिता ( बादबिवाद, हिज्जे, प्रबचन, राजाकाे जन्माेत्सव) काे लागि तयारी गर्दै गर्दा बिहान उज्यालाे भैसकेकाे पनि मानसपटलमा ताजा स्मरण नै छ। गाउँमा कुनै १/२ परिवार बाहेक प्राय: सबैकाे अवस्था दयनीय नै हुन्थ्याे। ओढ्ने ओछ्याउने देखि लत्ता कपडाकाे समेत अभाव हुन्थ्याे। यसरी बचपनलाई सम्झदै गर्दा त्यति बेलाकाे खान पान र रहन सहनलाई पनि जाेडन चाहे। त्यति बेला गाउँघर तिर रुपयाँ पैसाकाे पनि निकै अभाव हुन्थ्याे। हुन पनि किन नहाेस त! राेजगारधन्दा, व्यापार ब्यवसाय केही थिएन। कहिं कतै सानाे तिनाे काम ज्याला मजदुरी गरे पनि न्यून पारिश्रमिक पाईन्थ्याे। प्रयः सबैकाे कृषि कार्य नै मुख्य पेशा हुन्थ्याे। घर परिवारका सबै मान्छेहरु कामकाे जिम्मेवारी बाँफाँड गरेर आ-आफ्नाे काममा तल्लिन हुन्थे। आय आर्जनकाे मुख्य स्राेत गाई भैसीबाट उत्पादित घ्यू नै हुन्थ्याे। कसै कसैले थाेरै धान, गहूँ, मकै जस्ता अन्नबाली बेचबिखन गर्ने गर्दथे।

मलाई स्मरण छ! प्राय: जसाे एक दुई किलाे घिउ कमै बेच्ने गर्दथे। यदाकदा जाैलजिबी मेलामा भने एक दुई किलाे घिउ लगेर मिठाई, ढिके नून, मट्टीतेल आदि ल्याईन्थ्याे। त्यति बेला खानकाे लागि ढिके नून नै प्रयाेग गरिन्थ्याे। घरमा नून राख्ने सानाे भकारी हुन्थ्याे। अहिले पनि मेराे घरमा  नून राख्ने भकारी रहेकाे छ। मैले याे लेख लेख्दै गर्दा यहाँहरुलाई पक्कै पनि खुल्दुली लाग्न सक्छ कि याे लेख लेख्ने मान्छे ८०/१०० बर्षकाे बुढाे मान्छे हाेला भनेर! तर म त्यति बुढाे मान्छे भने हाेईन है। त्यति बेलाका मेराे स्कूले जीवनका राेचक प्रसंगहरु यहाँहरु समक्ष पेश गर्ने प्रयास भने पक्कै गर्नेछु। गाई भैंसीबाट उत्पादित घिउ चाहिं टिनबाट निर्मित चाैथाई, अद्दी र कन्टरमा हालेर सिल लगाईन्थ्याे। त्यस ताका घिउकाे मूल्य एक दमै न्यून हुन्थ्याे। घिउ बेचेर आएकाे पैंसा बाट जहान परिवारकाे लागि लत्ताकपडा, नून, तेल आदि ल्याईन्थ्याे। त्यति बेला बर्षकाे दुई चाेटी मात्र घर परिवारकाे लागि लुगा कपडा ल्याउने चलन थियाे। जाैलजिबीकाे भारतीय बजारमा कपडाका पसलहरु धेरै भए पनि कपडा किन्ने पसलकाे आडति (साथी/पसले) एउटै हुन्थ्याे। घिउ बेचेर प्राप्त भएकाे पैंसाबाट कपडा पसलेकाे पुरानाे हिसाब चुक्ता गरि नयाँ कपडा किन्दा उधाराे लेखेर आउँथे।

धेरै जसाेकाे घरमा त बर्ष भरि खान पुग्ने अन्न पनि फल्दैनथ्याे। बेसा (अरु बाट किन्ने) गर्नु पर्ने हुन्थ्याे। बेसा गर्नु भनेकाे त्यति बेलाकाे बडाे लाज मर्दाे कुरा हुन्थ्याे। गाई भैसीबाट उत्पादित दूध बिक्री गर्न बजारीकरण भैसकेकाे थिएन। हुन पनि हाे, सबैकाे घरमा गाई भैंसी भए पछि दूध कस्ले किन्ने? लाेभ गरेर बचाएकाे घिउकाे पनि मूल्य न्यून हुने र  त्याे पनि बिक्री गर्नकाे लगि घरबाट अढाई तीन घण्टा  हिडेर जाैलजिबी बजार सम्म पुगाउनु पर्थ्याे।

त्यति बेला अहिलेका बच्चाहरुकाे लागि जस्ताे टिफिन (खाजा) बाेक्ने ब्यवस्था थिएन। बिहान ९:०० बजे देखि दिउँसाे ४:३०-५-०० बजे सम्म भाेकले  रन्थनिएर घरमा पुग्थ्याैं र खाना खाईपटि (खाएर) गीन (पुरानाे कपडा द्वारा निर्मित बल) खेल्न, राउण्ड टाईम, एथलेटिक्स, मुर्गाझपट ( दुबै हात पछाडी बाँधेर एक खुट्टा टेकि कुमले घचट्ने खेल), लाेडेमार, पिठ्ठु ( पाँच वटा गाेलाे ढुङ्गालाई  पट्याई गीनले हिर्काउने खेल), लुकामारी, मुसा बिरालाे तथा कहिले काहीँ बाैद्धिक खेलहरु- शब्दार्थ (word meaning), गणित दाैड, चेस, बाघचाल आदि  खेलहरु खेल्न जान्थ्याैं। यसरी साथीहरु संग खेल्दा बडाे आनन्दकाे अनुभूति हुन्थ्याे। खेलेर घरमा आई सकेपछि फाेंलाे (तामाकाे गाग्राे) बाेकेर टाढा पँधेराेबाट २/३ फाेंला पानी ल्याउनु पर्थ्याे।अहिलेकाे जस्ताे घर घरमा पानीका धारा थिएनन्।साँझ चुल्हाेमा आगाे बाल्न झाेराे दरुँवा (दाउरा) काे जाेहाे गर्ने काममा सघाउनु पर्थ्याे।  नुहाई धुवाई गर्न बास्ना आउने साबुन लिरिल, लक्स, मायालु साबुनकाे पनि अभाव रहन्थ्याे र पूजा साबुन, फरिस्ता साबुनले नै भए पनि काम चलाउनु पर्थ्याे कहिले काहीँ त। च्युउरीकाे पिना, ओखलमा रिठा कुटेर पुरानाे कपडाकाे काताे (टुक्रा) मा पुन्तराे बनाई कपडा धुन प्रयाेग गरिन्थ्याे त्यस ताका।

प्रसंग बदल्ने मन लाग्याे। कक्षा १ देखि ५ सम्म अहिलेकाे जस्तै प्राथमिक तह, कक्षा ६ र ७ नि.मा.बि. तह मानिन्थ्याे।कक्षा -७ मा बाेर्ड परीक्षा हुन्थ्याे। नि. मा. बि. तहमा अजन्ता (Ajanta pen) फाैनटिन (कलम) ले लेख्ने गर्थ्याैं। कक्षा -८ देखि १० सम्म माध्यमिक तह मानिन्थ्याे। हाईस्कूलमा पुगे पछि चाईनिज कलम र चेलपार्क स्याही (मसि) ले लेखिन्थ्याे। अक्षर अति सुन्दर बनाउने प्रयास गर्थ्याैं। अक्षर राम्राे बनाउने प्रतिस्पर्धा नै हुने गर्थ्याे साथीहरुकाे माझमा। पढाईमा धेरै मिहिनेत गरिन्थ्याे। अाफ्नाे सुत्ने काेठाकाे भित्ता (उठदा, बस्दा, सुत्दा खेरि नजर पर्ने ठाउँ) मा गणितका सूत्रहरु, अंग्रेजी र बिज्ञानका महत्वपूर्ण कण्ठस्थ गर्नु पर्ने कुराहरु टाढै बाट स्पष्ट देखिने गरि माटाेकाे गाराेकाे भित्तामा गहुँकाे पिठाे द्वारा निर्मित गुँद (गम) ले टाँस्ने (चिप्काउने) गर्थे। पढ्ने, लेख्ने, खेल्ने, मनाेरञ्जन गर्ने, खाने, सुत्ने समय तालिका बनाएर साेहि भिततामा टाँसेकाे हुन्थे। यसरी समय सारणीकाे आधारमा मेराे दैनिकी चलेकाे थियाे।

शनिबार बिद्यालय छुट्टी भएकाे दिन वनमा गाईवसतु, बाख्रा चराउन जानू पर्ने अनिवार्यता जस्तै हुन्थ्याे। वनमा पनि हातमा किताब बाेकेर गईन्थ्याे र फुर्सदकाे बेला किताब नै पढ्ने गर्दथे। जति अध्ययन गरे पनि किताबकाे किराे भने थिएन म! अझ महत्वपूर्ण कुरा त भन्नै बिर्से छु। मैले पढ्ने बेलामा कैपिटल बाैण्ड कापी हुन्थे। उक्त कापीलाई ठिक बीच भागबाट ब्लेड (पत्ती) ले काटेर दुईवटा सानाे डायरी जस्ताे बनाईन्थ्याे। उक्त डायरीमा परीक्षामा आउन सक्ने महत्वपूर्ण कुराहरु लेखिन्थ्याे। सबै बिषयकाे नाेट कापी बनाउँथे।

स्कूलकाे हाफटाईम (Interval) मा हामी ४/५ जना साथीहरु खेल्न नगएर कक्षा काेठामा गणित र अंग्रेजी ग्रामर सम्बन्धी कुराहरुमा छलफल गर्थ्याैं। सरहरु र साथीहरुकाे माझमा म पनि एक अब्बल पढ्ने जान्ने बिद्यार्थीमा गनिएकाे थिए र थप हाैंसलाका साथ घरमा राती लैम्प, दियाे वा झाेराे बालेर भए पनि अबेर सम्म लेख्ने पढ्ने गरिन्थ्याे। एस. एल. सी. मा कक्षा ९ र १० बाट संयुक्त प्रश्नहरु साेधिन्थे। SLC पास गर्न अति कठिन हुन्थ्याे। जाे काेहि पास हुदैनथे। कठिन परिश्रमले गर्दा मैले सफलता पनि हासिल गरे। त्यति बेलाकाे गाेल्डेन गेट मानिने SLC  पास गरे पछि आमा बुवा, घरपरिवारका मान्छे, आफन्तजन र ईष्टमित्र सबै खुशी भए र मलाई स्याबासी दिएर थप हाैंसला प्रदान गरे। तत्पश्चात म आई. एस्सी. (I.Sc.) पढ्न GIC जाैलजिबी भारत तिर लागे। अहिलेका बाबू नानीहरुकाे चाला देखेर, किन हाे किन कुन्नी! उराठ लागेर अाउछ।  बाँकि गन्थन अर्काेमा… यहाँ हरुबाट थप हाैंसला पाएमा बिगतका अनुभवहरु सेयर गर्ने नै छु।

                                                                          मान सिंह धामी

                                                                          उप-प्राध्यापक
                                                        कैलाली बहुमुखी क्याम्पस, धनगढी
Loading...