पराजित मानसिकता बाट ग्रसित अनेरास्ववियुको गतिविधि अस्वीकार्य छ- एनपी जोशी


काठमाण्डौंः दलहरू लाई प्रतिबन्धित गरिएको पञ्चायति व्यवस्थामा आम विद्यार्थीहरुका मुलभुत मुद्वाहरु, हक अधिकार र सरोकारका एजेण्डाहरु सम्वन्धित निकायमाझ पुर्याई आम विद्यार्थीहरुको नेतृत्व गर्न बनेको मिनि पार्लियामेन्टको रुपमा रहेको स्ववियु निर्वाचन भाड्ने एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीको गतिविधि हामीलाई स्वीकार्य छैन।


विधि, पद्वति, प्रणाली र लोकतान्त्रिक पद्वतिलाई कुल्चिएर सदैव विद्यार्थीहरुको विरुद्व अपराध गर्ने अधिकार कोही कसैसँग समेत छैन। त्रिभुवन विश्वविद्यालयले पञ्चायति व्यवस्थामा समेत निरन्तर रुपमा आवधिक स्ववियु निर्वाचन गराउदै आएको अवस्थामा वि.सं. २०६५ पछि करिव १४ यता हुन नसकेको स्ववियु निर्वाचन गराउन विधिवत रुपमा कार्यतालिका सार्वजनिक गरि निर्वाचन समिति समेत बनाएको कुरा अत्यन्तै स्वागतयोग्य रहेतापनि यश त्रि-चन्द्र क्यामसमा सधै पराजित मानसिकताबाट ग्रसित अनरास्ववियुले गरेको अराजक गतिविधि खेदजनक र निन्दनीय रहेको छ।



त्रिभुवन विश्वविद्यालयले विधान बमोजिम गठन गरेको निर्वाचन समितिका संयोजक लगायत समितिका सदस्यहरुप्रति अनेरास्ववियुले गरेको व्यवहारले हामी विद्यार्थीहरु ससंकित भएका छौ। कार्यतालिका बमोजिम फाल्गुन २१ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरि चुनावी प्रकृया अगाडि बढाउनु पर्नेमा अनेरास्ववियुले विभिन्न बहानाबाजीमा क्याम्पस प्रमुख र निर्वाचन समितिलाई आफ्नो कार्यालय प्रवेश निषेधको व्यानर क्याम्पसको गेटमा झुण्ड्याएको थियो। वार्तामा बस्न नचाहने, बैठक विथोल्ने, क्याम्पस प्रमुख र निर्वाचन समितिलाई धम्की दिदै आएकाले स्ववियु निर्वाचन विथोलिएको छ।


हिजो २५ गते मतदाता नामावली प्रकाशन गर्न खोज्दा ने.वि.संघ र निर्वाचन समितिका संयोजक राजेन्द्र गौतममाथि हमला गर्ने पनि अनेरास्ववियु नै थियो। निर्वाचन गर्न/गराउन अझैपनि प्रशस्त समय रहेको अवस्थामा अनेरास्ववियुले हार्ने पराजित मानसिकताका कारणले निर्वाचन हुन नदिने गतिविधि गरिरहेकाले यस्ता लोकतान्त्रिक प्रणाली मान्न नसक्ने अनेरास्ववियुलाई क्याम्पसका आम विद्यार्थीहरुको हक अधिकारमाथि खेलवाड गर्ने कुनै अधिकार छैन।

