आशय फरक फरकमा लक्ष्मीदत्तकको मार्मिक कबिता

दिन भरी काम गरेर बेलुका घर फर्कदा
बाबाले सोध्छन आज कति कमाएस ?
श्रीमतीले सोध्छन आज कति बचाउनु भयो ?
गूरुले सोध्छन आज के के सिक्यौ?
छोरा छोरीले सोध्छन आज के ल्याई दिनु भयो ?
तर आमाले मात्र सोध्छन खाना खायो कि खाएन ?

हेर्नुहोस हजुर यसलाई कवितामा

भोकै पेट गरेर काम जनले फर्केर आयो भने ।
सोध्छन् यो सवले दिनै दिन यहा के के गरेछौ भने ।।
वावाले पहिले बता सव कुरा केके कमायो भनी ।
सोध्छन् रे सबका यसै तवरले फर्केर आयौ भनी ।।
(१)
स्वास्नीले पनि यो कुरा खसममा सोध्छन् यि सारा पनी ।
हे स्वामी संगमा बचाउनु भयो केके छ साथै भनी ।।
गूरुले पनि सोध्छ यो सव कुरा सिष्यै तिमीले पनि ।
के के आर्जन ज्ञानको अब भयो के के सिकायो भनी ।
(२)
संन्तानै पनि सोध्छ आज संगमा के के त ल्यायो भनी ।
यस्तै छौ जगका अनेक बलका लोभी पियासू पनि ।।
आमाले पनि आज बाबु दिनमा केके त खायौ भनी ।
भोकै थ्यो कि कतै न खाइ तिमिले कामै गरे छौ भनी ।।
(३)
सोध्छन् रे जननी निसार पनले आफ्ना ति बाला हरु ।
झर्केला तरबाल साथ जननी देलान् ति खाना बरु ।।
यस्तै हाल चली रहेछ जगमा माया छ मन्मा कती ।
आत्मा खिन्न रहन्छ देह पथमा यो याद आए जती ।।
(४)
शार्दूल विक्रीदित छन्द
म स ज स त त गु
SSS IIS IsI IIs SSI SSI S

Loading...