सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु


उडाई लग्यो सपना बतास आएर,
आफ्नै बन्यो हियाको पास आएर।
न बालपन खेल्न पायो आगनीमा,
बसनु पय्रो फुटफटमा बास आएर।
बसे रेलको झेलमा बोकेर झोला,
भन्छन् गर्छ काम नयांदास आएर,
कजाउंनुपर्छ सक्ये सम्म यसलाई,
बिकास हन्छ मज्दुर खास आएर।
छ, छैन वाहरे सरकार मेरो देशमा,
गर्न थाले घर भित्र उपहास आएर।
कसलाई थियोर रहर बिदेश जाने,
बाध्यता भयो दु:खको रास आएर।
॥१॥
देश बिहिन भए युवा बिदेशको बास भयो,
सुःखको खोजिमा झन दुःखकै रास भयो।
धनको आसमा बृद्धा बा आँमा बाटो कुर्दा,
अर्कैको देशमा आफ्नै छोराको लास भयो।
याहाँ नेताको साँठगांठ हुन्छ कुर्चिकै लागी,
के थाहा उन्लाई देश बिदेशीको गास भयो।
भन्छन् नागरिकता बिधेयक ल्याउँछौ फेरी,
किन भन्दा हाम्रो छिमेकी सधै उदास भयो।
बा कुल्लि बनेर छोरालाई डिग्री दिलाउँछन्,
छोरा खाडी पुगेपछि सपना को नास भयो।
बुझ्न सकिन सन्सारले यो देशको राजनीति,
घर भित्र आगो लगाउँने योजना पास भयो।
॥२॥
॥२॥
काहाँ-काहाँ छैन भनौं त भ्रष्टचार मित्र,
हाम्रो समाज नै भएको छ बिमार मित्र।
जँहा राजनीति छ त्यहाँ हुँन्छ तना तनी,
भरोसा भित्र लुकेका हुन्छन् गद्दार मित्र।
कसले रोक्छ यो रोघ पुँजिवाद भित्रको,
चुरलुम्मै डुबेको हुन्छ यही सरकार मित्र।
भन्छन् एकदिन जित अवस्यहुन्छ लडौं,
यो आशा मात्र भयो जिउँने आधार मित्र।
न मानवता छ न पत्थर बोल्छ दुःख परे,
मान्छिलाई धन दौलतकै हुन्छ प्यार मित्र।
कामगर्ने भोकै बस्छन लुटमारपनी उनैमा,
उनैको कथा सुन्दाभयो सधै हुनेहार मित्र।
॥३॥
॥३॥
मानिस लाई सधै सामाजिक बन्नुपर्छ,
अबको अबस्थामा वैज्ञानिक बन्नुपर्छ।
छाडौं यो छुवाछुत र मन्त्र झारफुकको,
भौतिकबादी बिचारमा सरिक बन्नुपर्छ।
ठाउँ हुन्छ आफ्नै बिचारहरू बिसाउँने,
समाजिक भई सबैको नज्दिक बन्नुपर्छ।
भ्रममा नपरौं ए मानव समुदाए कसैको,
आफ्नो बिचारमा सधै अडिक बन्नुपर्छ।
स्वर्ग र नर्क त हुन्छ, तर यही समाजमा,
यसबारेमा हामि सबै निरभिक बन्नुपर्छ।
हुन्छन् एकताको हल्लामा फुटको खेती,
निर्दोशनै अचानो किन वार्षिक बन्नुपर्छ।
सुरेशकुमार पान्डे।

